www.tandavnews.com
Fact ~ In search of truth

कोभिड–१९ विरुद्धको खोप पर्सि (बुधबार)देखि लगाइने,खोपमा अविश्वास नगर्न आग्रह

काठमाडौं,
ताण्डव न्यूज ।

नोबेल कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप पर्सि बुधबारदेखि लगाइने भएको छ । पहिलो चरणमा अग्रभागमा काम गर्नेहरुलाई खोप दिइनेछ । सातै प्रदेशका मुख्यमन्त्रीसँग आईतबार भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिए ।

मन्त्री त्रिपाठीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् । मन्त्री त्रिपाठीले कुनै राजनीतिक तथा व्यवस्थापकीय समस्या भए त्यसअघि नै समाधान गर्न आग्रह गरे । भारत सरकारले हालै मात्र १० लाख डोज कोरोना खोप कोभिशिल्ड नेपाललाई अनुदानमा उपलब्ध गराएको छ । मन्त्री त्रिपाठीले खोपमा अविश्वास नगर्न पनि सबैमा आग्रह गरेका छन् ।

Batas

यसैबीच नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या भने २ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १ पुगेको हो । आज थप २ सय७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ४ सय३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ३ सय १२ छ ।मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ४३ हजार २ सय ५५ परीक्षणहरू गरिएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.