www.tandavnews.com
Fact ~ In search of truth

पोखराकी एलिनाले जितिन् वाईवाई नेपाल स्टारको उपाधि

पोखरा।

पहिलो वाईवाई नेपाल स्टार गायन प्रतियोगिताको टाइटल पोखराकी एलिना गुरुङले जितेकी छिन् ।

नेपाल टेलिभिजनले आयोजना गरेको पहिलो वाईवाई नेपाल स्टार गायन प्रतियोगिताको हिजो (शनिबार) साँझ सम्पन्न फाइलनमा अन्य तीन प्रतिस्पर्धीलाई उछिन्दै एलिनाले उपाधि जितेकी हुन् । उनले उपाधिसहित नगद ३५ लाख रुपैयाँ पाप्त गरेकी छिन् ।

Batas

त्यस्तै उनले १ करोड रुपैयाँको जीवन विमा पाएकी छिन् । एलिनाले अन्तिम प्रतिस्पर्धामा आस्था राउतको गीत चौवन्दीमा बोलको गीत गाएकी थिइन् । उपविजेता बन्न सफल अन्य तीन जनाले नगद ५ लाख र ५० लाख रुपैयाँको जीवन विमा प्राप्त गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.