www.tandavnews.com
Fact ~ In search of truth

दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी

एजेन्सी,
ताण्डव न्यूज ।

दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार बुधबार साँझ ७ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको हो । यो भूकम्प लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा गएको बीबीसीले लेखेको छ ।

Batas

यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ । यद्यपि भूकम्पले पु¥याएको क्षतिको विवरण आइसकेको छैन । यसैबीच अष्ट्रेलियाको मौसम एजेन्सीले दक्षिण प्रशान्त महासागरमा ७ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएका कारण सुनामी आएको पुष्टि गरेको छ ।

व्यूरो अफ मेट्रोलोजी अष्ट्रेलियाले सुनामीबाट लर्ड होवे द्वीप जोखिममा रहेको चेतावनी दिएको छ । यसैगरी अमेरिकी सुनामी चेतावनी केन्द्रले भानुआटु र फिजीमा सुनामीको लहर १ देखि ३ दशमलव ३ फुट माथिसम्म आउनसक्ने चेतावनी दिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.