www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश नं २ प्रमुखमा झा नियुक्त

काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा रौतहटका राजेश झालाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गरेकि छन् ।

नेपालको संविधानको धारा १६३ उपधारा (२)बमोजिम नेपाल सरकारको सिफारिशमा उनलाई आज प्रदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जनाएका छन् । यसअघि राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकि थिइन् ।
–––

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.