www.tandavnews.com
Fact ~ In search of truth

थप एक सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु

काठमाडौँ ।
देशभर पछिल्लो २४ घण्टामा थप एक सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

एक हजार पाँच सय ९२ पीसीआर र एक हजार नौ सय ९५ एण्टीजेन गरी जम्मा तीन हजार पाँच सय ८७ नमुनाको परीक्षण गर्दा थप एक सय चार जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार दुई सय एक जना कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । कोरोना सङ्क्रमणमुक्त हुने ९८ दशमलव ६ प्रतिशत रहेको छ ।

Batas

त्यसैगरी, कोरोनाका कारण आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनको कुल सङ्ख्या १२ हजार १४ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपाल हाल दुई हजार तीन सय १६ जना कोरोनाका सक्रिय संक्रमित छन् भने पछिल्लो २४ घण्टामा आठ हजार चार सय १२ जना कोरोना विरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.