www.tandavnews.com
Fact ~ In search of truth

देउवा सरकारका नराम्रा काममा बुद्धिजीवी चुप लागे : एमाले अध्यक्ष ओली

पोखरा
ताण्डव न्यूज ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका नराम्रा कामहरुमा पनि बुद्धिजीवीहरु चुपचाप लागेको बताएका छन् ।  आज पोखरामा मानवअधिकार तथा समाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाएन्स)को पाँचौ अधिवेशनका क्रममा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्रनै खतम हुँदा समेत सबै चुपचाप लागेको बताए ।

आफ्नो नेतृत्वको सरकारका बेला सामान्य गल्तीको पनि विरोध गर्ने गरेको स्मरण गर्दै उनले अहिले जस्ता सुकै ठूला गल्तीहरुमा समेत चुपचाप रहनु अचम्मको विषय भएको बताए ।

Batas

संसदबाट बन्नुपर्ने सरकार मुद्धा जितेर बनेको भन्दै ओलीले अहिलेको सरकारले गणतन्त्रकै खिल्ली उडाएको समेत बताए । अध्यक्ष ओलीले मानव अधिकारको अवस्था अझै सुदृढ हुन नसकेको भन्दै शक्ति र संगठनको आडमा मानवअधिकार हननका घटनाहरु बढ्दै गएको औँल्याए ।

दुईदिनसम्म चल्ने अधिवेशनले नया नेतृत्व समेत चयन गर्नेछ । अधिवेशनमा देशभरका मानवअधिकारकर्मीहरु भेला भएका छन् ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.