www.tandavnews.com
Fact ~ In search of truth

पशुपति क्षेत्र विकास कोषको ३७औँ वार्षिकोत्सवकाे अवसरमा पशुपति क्षेत्रमा वृक्षरोपण

काठमाडौँ ।
पशुपति क्षेत्र विकास कोषको ३७औँ वार्षिकोत्सवका अवसरमा पशुपतिनाथ, गुह्येश्वरी र वासुकीनाथको मन्दिरमा विशेष पूजा आराधना गरिएको छ । पशुपति क्षेत्रमा कपुर, धूपी, रुद्राक्षलगायत जातका ३७ बिरुवा पनि रोपिएका छन् ।

कोषको वार्षिकोत्सवमा राष्ट्र कल्याणको सङ्कल्पले तीनवटै मन्दिरमा पूजा, आराधना गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। कार्यक्रममा कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्य, कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायत कर्मचारीको उपस्थिति थियो ।

कोषले पशुपति क्षेत्रका खाली जग्गामा धार्मिक प्रजातिका बिरुवा रोपी हुर्काउने नीति लिएको छ । एक कर्मचारी, एक बिरुवा हुर्काउने अभियान कोषको ३७औँ वार्षिकोत्सवका अवसरदेखि सुरु गरिएको उनले बताए। विसं २०४३ वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन पशुपति क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले कोषको स्थापना भएको थियो ।

Batas

कोषले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको गन्तव्यस्थलका रुपमा विकास गर्न प्रत्येक हप्ताको शनिबार विशेष सफाइ अभियान सञ्चालन गर्दै आएको छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.