www.tandavnews.com
Fact ~ In search of truth

केपी ओलीको नेतृत्वमा रहेको नेकपा नै संस्थापन : नेता अधिकारी

पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा गण्डकी सह-इन्चार्ज खगराज अधिकारीले केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपा नै संस्थापन र मुल पार्टी भएको बताएका छन् । आगामी फागुन १५ गते हुनको बृहत आमसभाका लागि नेकपा वडा नं २७ कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता अधिकारीले नेकपाको राष्ट्रवादी धारको नेतृत्वमा केपी ओलीको विकल्प नरहेको दाबी गरे ।

विघटित प्रतिनिधि सभा सदस्य समेत रहेका अधिकारीले फागुन १५ गतेको आमसभा शक्ति प्रर्दशन मात्रै नभइ चुनावी सभाको रुपमा बुझी सोही अनुरुप तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

Batas

कार्यक्रममा नेकपा केन्द्रिय सदस्य दामोदर बैरागीले केपी शर्मा ओलीको नेतृत्वमा मात्रै बिकास र समृद्धि अगाडी बढ्ने बताए । राष्ट्रिय युवा संघ कास्की इन्चार्ज विष्णु पुनले आमसभालाई सफल बनाउन टोल कमिटी सम्म पुगेर खट्न युवाहरुलाई निर्देशन दिए ।

नेकपा वडा नं २७ का अध्यक्ष सूर्यमणी लामिछानेले वडा भित्र रहेका १३ वटा टोल कमिटी करिब १२ सय जनाको सहभागी रहने गरि तयारीमा जुटेको जानकारी दिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.