www.tandavnews.com
Fact ~ In search of truth

पाेखरा : प्रचण्डको ‘कम्फर्टेबल’ र माधव नेपालकाे ‘विधि,पद्धती, प्रक्रिया’माथी प्रधानमन्त्रीको ‘अट्याक’

पोखरा
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नेताद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको अभिब्यक्तीमाथी टिप्पणी गरेका छन् । पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेताद्धयले अभिब्यक्तीमा बोलेको शब्द ‘कम्फर्टेबल’ र ‘विधि पद्धती प्रक्रिया’माथी टिप्पणी गरेका हुन् ।

प्रचण्डले बोलेको शब्द कम्फर्टेबललाई ब्यंग हान्दै प्रधानमन्त्री ओलीले भने ‘कम्फर्टेबल, कस्तो कम्फर्टेबल हो । सुन्नु भो नी कम्फर्टेबल । कस्का लागि कम्फर्टेबल ।’

Batas

यस्तै नेपालले बोलेको शब्दमाथी टिप्पणी गर्दै उनले भने,’विधि पद्धती प्रक्रिया, विधि पद्धती प्रक्रिया, विधि पद्धती प्रक्रिया कति चोटी सुन्नु भो ? विधि पद्धती प्रक्रिया । विधि पद्धती प्रक्रियामा समावेश नहुने अनि विधि पद्धती प्रक्रिया भन्दै हिडेर मात्र हुन्छ ?’

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.