काठमाडौं ।
नेपाली काँग्रेसका नेतृ सुजाता कोइरालाले नीति निर्माण तहमा महिला सहभागिता बढ्न नसकेकामा चिन्ता व्यक्त गरेका छन ।
नेपाली नारी समाज पोर्चुगलले १११औँ अन्तरराष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज आयोजित भर्चुअल ‘महिलाको सुरक्षा र चुनौती’ छलफलमा उनले महिला अधिकार सम्बन्धी नेपालको संविधानको प्रावधान कार्यान्वयन माग गरे ।

उनले आर्थिक, सामाजिक तथा राजनीतिक लगायत नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यकतामा जोड दिए । नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले घरेलु हिंसा तथा बलात्कारका घटना न्यूनिकरणका तथा महिला अधिकारका लागि राज्य संवेदनशील बन्नुपर्ने बताए।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.