www.tandavnews.com
Fact ~ In search of truth

भीएस ग्रुपले भित्रायो आईप्रोका फोनहरु

पोखरा ।

नेपाली बजारमा आईप्रोका फिचर फोन भित्रिएका छन् । भीएस ग्रुपले आईप्रोका फोनहरु आधिकारिक रुपमा नेपाली बजारमा उपलब्ध गराएको हो । आईप्रोका फिचर फोनको बिक्री–वितरण सन् २०१९ जुलाई देखि प्रारम्भ भए पनि आधिकारिक रुपमा लन्च गरिएको थिएन ।

पहिलो चरणमा कम्पनीले आईप्रोका सीमित मोडलका फिचर फोनहरु मात्र बिक्री गर्नेछ भने भने विस्तारै अन्य डिजाइनमा फोनहरु उपलब्ध गराउने छ । कम्पनीले नेपाली उपभोक्ताहरुको माग र आवश्यकतालाई मध्यनजर गरेर आईप्रोका फिचर फोन मोडलहरु ल्याउन लागेको हो । आईप्रोका फिचर फोनहरुमा ड्युअल सिम, वायरलेस एफएम, क्यामेरा, मेमोरी कार्ड थप्न सकिने सुविधा, भिडियो रेकर्ड गर्न सकिने सुविधालगायतका विशेषता हुनेछन् ।

Batas

आईप्रो एक चाइनिज मोबाइल फोन उत्पादनकर्ता हो, जसको आफ्नै रिसर्च एन्ड डेभलपमेन्ट प्रविधि छ । संसारका धेरै देशमा यसको उत्पादन हुन्छ । सन् २००१ देखि यी फोन बजारमा उपलब्ध छन् । कम्पनीको रिसर्च एन्ड डेभलपमेन्ट क्षेत्रमा ३ हजार भन्दा बढी जनशक्ति कार्यरत छन् । यसले गर्दा नै आईप्रोले विश्व स्तरीय बारफोन उत्पादन गर्न सफल भएको छ ।

अमेरिकी र यूरोपेली बजारमा आईप्रोका फोनहरु निकै रुचाइएको छ । आईप्रोले आफ्ना मोबाइल फोनहरु भारत, मलेशिया, इण्डोनेशिया, ल्याटिन अमेरिका, उत्तर अमेरिका र युरोपमा १०० भन्दा बढी देशहरुमा बिक्री गरिरहेको छ । कम्पनीले फिचर फोन, स्मार्टफोन, रग्ड फोनसहितका उत्पादनहरु बिक्री गर्दै आएको छ ।

आगामी दिनमा आईप्रोका धेरै मोडलहरु समेत नेपाल ल्याउने र चाँडै नै स्मार्टफोन समेत ल्याउने तयारी गरेको छ । काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको आईप्रोले आफ्नो सेवा पूर्व देखि पश्चिम नेपाल सम्म दिन सफल भएको छ ।

भीएस ग्रुपले आफ्नै मोबाइल ब्रान्ड क्यान्भास नेपाल समेत उपलब्ध गराइरहेको छ । सो ग्रुपले क्यान्भास मोबाइल नेपाल भनेर आफ्नो पहिचान गराउने गरेको छ । सन् २०१५ देखि भीएस ग्रुप अफ कम्पनिजले विभिन्न सेवा प्रदान गरिरहेको छ । हाल आईप्रो मोबाइल ब्रान्ड वाहेक ग्रेट एसिया ट्याब्लेट समेत यही ग्रुपले बिक्री–वितरण गरिरहेको छ ।

आईप्रो सस्तो, भरपर्दो र टिकाउ फिचर फोन हो । साधारण र निम्न आय हुने व्यक्तिहरु तथा ठूला कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई उपलब्ध गराउनका लागि यसको उपयोग गर्न सक्छन् । जस्तोसुकै स्थानमा पनि राम्रो नेटवर्क दिने र लामो समय सम्म ब्याट्री टिक्ने भएकाले यी फिचर फोन निकै नै उपयोगी छन् ।

नेपाली बजारमा आईप्रोका फिचर फोनहरु ९ सय देखि १० हजार रुपैयाँ मूल्य सम्ममा उपलब्ध छन् । नेपालभरका विभिन्न स्थानमा डिलर र सर्भिस सेन्टर उपलब्ध भएकाले यसका लागि बिक्री पछिको सुविधा समेत प्राप्त गर्न सहज छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.