www.tandavnews.com
Fact ~ In search of truth

म्यान्मारमा सैनिक कू विरुद्धको प्रदर्शन जारी, थप ३८ जना प्रदर्शनकारी मारिए

एजेन्सी,
ताण्डव न्यूज ।

म्यान्मारमा जारी सैनिक कू विरुद्धको प्रदर्शनको क्रममा थप ३८ जना प्रदर्शनकारी मारिएका छन् ।

गत फेब्रुवरी १ मा म्यान्मारका नेतृ आङसान सुचीसहितका नेताहरुलाई नजरबन्द गरी सेनाले सत्ता हातमा लिएपछि त्यहाँ विरोध प्रदर्शन हुँदै आएको छ । म्यान्मारमा सैनिक कू विरुद्ध नागरिकहरु सडकमा उत्रिएपछि आईतबार थप ३८ जना प्रदर्शनकारीको गोली लागेर मृत्यु भएको बीबीसीले लेखेको छ ।

Batas

प्रदर्शनका क्रममा सेनाले चलाएको गोली लागी उनीहरुको मृत्यु भएको बताइएको छ । प्रदर्शनका क्रममा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । म्यान्मारमा सेनाले गरेको कू प्रति संयुक्त राष्ट्र संघले पनि आपत्ति जनाएको छ । साथै सेनाले त्यहाँका प्रदर्शनकारीमाथि गरेको हिंसालाई तत्काल रोक्न आग्रह गरेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.