www.tandavnews.com
Fact ~ In search of truth

एमाले संसदीय दलको बैठकमा गौतम सहभागी, केन्द्रिय कमिटिमा पनि जाने

काठमाडौं
ताण्डव न्यूज ।

नेकपा एमालेको संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा वामदेव गौतम समेत सहभागी भएका छन् ।

गौतमको बालुवाटार सहभागीतालाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपा र पुनःस्थाापित नेकपा एमालेका दुवै पक्षका बैठक भेलामा सहभागी भएका थिएनन । आज दलको बैठकमा गौतम पहिलो पटक सहभागी हुनु भएका हुन् । पार्टीभित्र विवाद मिलाउन भन्दै गौतमले छुट्टै अभियान सञ्चालन गर्दै आएका थिए ।

Batas

त्यसैगरि केही बेरमा बस्ने केन्द्रीय कमिटीको बैठकमा पनि गौतम सहभागी हुने बताइएको छ । यता खनाल – नेपाल समूहले भने बैठक बहिष्कार गरेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.