www.tandavnews.com
Fact ~ In search of truth

पोखराको जिरोमा भ्यानको ठक्करबाट बालक घाईते

पोखरा
ताण्डव न्यूज ।

पोखराको जिरो किलोमिटरमा भ्यानको ठक्करबाट एक बालक घाईते भएका छन् ।

आज विहान ९ : २० को समयमा भएको दुर्घटनामा जिरो किलोमिटरकै स्थानीय ७ वर्षीय बालक आयुष नेपाली घाईते भएका हुन् ।

Batas

ग १ च ८३९५ नं.को पिकअप भ्यानले सडकमा हिडिरहेका बालकलाई ठक्कर दिएको हो । ठक्ककरपछि बालकलाई नजिकै रहेको रिजनल अस्पतालमा लगिएको थियो । हाल सोही अस्पतालमा बालकको उपचार भैरहेको कास्की प्रहरीले जनाएको छ । बालकको अवस्था मध्यम रहेको जनाईएको छ । भ्यानका चालक र भ्यान प्रहरीको नियन्त्रणमा रहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.