www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : दराजमा मृत शिशु भेटिएपछि …

अर्जुन गाहा (सुशान्त)
पोखरा, ताण्डव न्यूज ।

चैत्र ७ गते शनिबार । रातको साढे ९ बज्दै गर्दा एक जत्था बुट बजार्दै घर प्रवेश गर्यो ।

पोखरा १ स्थित अधिकारी टोलको सुनसान माहौल, एकाएक झस्कियो । अधिकारी टोलको एक घरमा कास्की प्रहरीको ‘सर्च अपरेसन’ चल्दै थियो ।  जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएका प्रहरीहरुले बन्द रहेको ढोकालाई बल प्रयोग गरि फोर्दै थिए । डेरावाला र स्थानीय सबै प्रहरीको उपस्थितीबारे अनभिज्ञ थिए ।

Batas

एकाएक प्रहरी कोठा भित्र प्रवेश गरि खानतलासी गर्दा दराज भित्र कपडामा पोको पारेको अवस्थामा जब मृत शिशु फेला परे, तब स्थानीय सबै चकित परे ।

कसको शिशु र घटना के हो ? त्यसपछि उक्त घरमा रहेका केहीलाई साक्षी राखी प्रहरीले मुचुल्का गर्याे । प्रहरीले मृत शिशुलाई पोष्टमार्टमका लागि अनुसन्धान अगाडी बढायो ।

शिशु कसकाे ?

विगत ७ महिना अघि सिन्धुपाल्चोक घर भएका २३ वर्षिया अस्मिता घलेले उक्त घरमा डेरामा बस्दै आएकी थिइन् । स्थानीयका अनुसार उनको दैनिकी सामान्य थियो । खाने, बस्ने र कहिलेकाँही बाहिर निस्कने । तर जागिर भने गर्ने थिईनन् ।

स्थानीयका अनुसार अस्मितालाई उक्त घरमा उनका दाई समिर गुरुङले ल्याएका थिए । पूर्व नेपाली सेना समेत रहेका समिरले सो घरको घरधनी वृद्धलाई हेरचाह गर्दै आएका छन् ।

अस्मिताले सामान्य रुपमै ७ महिना बिताइन् ।

उनको पेट बढ्दै थियो । जाडो मौसमका कारण उनले लगाएको लुगाले हुर्किरहेको ‘बेबी बम्प’ छोप्न सघायो ।

एकदिन सोही घरमा डेरामा बस्दै आएका एक महिलालाई गुहार्दै उनी ट्याक्सीमा गण्डकी मेडिकल कलेज पुगिन् । डाक्टरलाई पाठेघरको समस्या भएको बताएपनि उनी सालनाल नखसेका कारण अस्पताल पुगेका स्रोत बताउँछ । घटना रहस्यमय देखिएपछि उक्त कुरा कास्की प्रहरी समक्ष आईपुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अनैतिक सम्बन्धको सजाय शिशुलाई !

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक सुवास हमालले उक्त घटनाको अनुसन्धान सुक्ष्म तरिकाबाट अगाडी बढाईएको बताए । उनले उक्त शिशुको शब पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा रहेको जानकारी दिए । उनका अनुसार मृत शिशुको पोष्टमार्टम रिपोर्ट केही दिनमै आउनेछ ।

डिएसपी हमालले उक्त घटनमा संलग्न अस्मिता घलेलाई तारेखमा रिहा गरेको बताए । ‘उ हाम्रै निगरानीमा रहनेगरी छाडेका छौ । बयानमा मरेकै बच्चा जन्मेको भनेको छ, डिएसपी हमालले भने, ‘अब दुई तिन दिनमा पोष्टमार्टम रिपोर्ट आएपछि मृत शिशु जन्मेको हो वा हत्या गरिएको हो भन्ने बारे खुल्छ त्यसपछि त्यही अनुसार केस अघि बढ्छ ।’

प्रवक्ता हमालका अनुसार उनले बयानमा आफ्नो श्रीमान विदेशमा रहेको र एक पुरुषसँग सम्पर्कमा रहदै आएको बताएकी छिन् । सो घटना अनैतिक सम्बन्धका कारण भएको डिएसपी हमालले बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.