www.tandavnews.com
Fact ~ In search of truth

सिँगै मुसहर बस्तीमा खानेपानी अभाव

जलेश्वर

महोत्तरीको एकडारा गाउँपालिका– ४ भटौलिया गाउँमा रहेका १०० घरपरिवारको सिँगै मुसहर बस्तीमा खानेपानीको अभाव छ । दलित मुसहर बस्तीमा एउटा पनि खानेपानी पाइप ‘कल’ छैन ।

स्थानीयवासी सिकिन्दर सदा मुसहरले सबैले खानेपानी ल्याउनका लागि गाउँको सार्वजनिक स्थानमा रहेको पाइप वा बस्तीदेखि अलि टाढा रहेको विद्यालय र वडा कार्यालय जाने गरेका जानकारी दिए । स्थानीयवासी ६० वर्षीया जिवछी सदा मुसहरनीले आफूहरु यहाँ ४ पुस्तादेखि बस्दै आएकामा अहिलेसम्म निजी खानेपानी पाइप जोड्न नसकेको बताए ।

Batas

स्थानीयवासी तेतरी सदाले १०० परिवार मुसहरसँग आफ्नो खानेपानी पाइप नरहेको अवस्थामा बस्ती नजिकै रहेको अन्य जातीको पाइपमा पानी ल्याउन जाँदा दलित भन्दै पानी भर्न नदिने, पाइपको किल्ली ‘नटबाल्टु’ निकालेर राखिदिने र कहिलेकाँही छोइन्छ भन्दै गालीगलोजसमेत गर्ने गरेको बताए ।

स्थानीयवासी रामसखी सदाले बालबालिका पनि पानीका लागि अरुको पाइपमा जाँदा कुटपिट गरिदिने, गाली गरिदिने कारण कुनै दिन अरु आफूलाई ठूला जात भन्नेसँग ठूलो झगडासमेत गर्ने गरेको बताए ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.