www.tandavnews.com
Fact ~ In search of truth

खेलद्धारा नेपाल विश्वमाझ परिचित :वरिष्ठ नेता पौडेल

दमौली ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले खेलकूदको क्षेत्रमा नेपालले फड्को मार्न थालेको बताएका छन् ।

शहीद दिवसका अवसरमा व्यास नगरपालिकाले आज आयोजना गरेको दोस्रो अल्ट्रा म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकूदमा नेपालले प्राप्त गरेको सफलताले देशको गौरव बढाउन सहयोग पुर्याएको बताए ।

वरिष्ठ नेता पौडेलले भने, “खेलकूदको क्षेत्रबाट नेपाल विश्व समुदायमाझ चिनिन सफल भएको छ, यो सकारात्मक हो ।”“खेलकूदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको दौड प्रतियोगिताले व्यास नगरपालिकालाई समेत परिचित गराउन सहयोग पुग्नेछ”, उनले भने ।

राष्ट्रिय धावक वैकुण्ठ मानन्धरले खेल क्षेत्रको माध्यमबाट नेपाललाई विश्वमाझ चिनाउन खेलाडीले प्रयत्न गर्नुपर्नेमा जोड दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.