www.tandavnews.com
Fact ~ In search of truth

मेडिप्लस र बैंक अफ काठमाडौंबिच सहमति-पत्रमा हस्ताक्षर

अञ्जना रेग्मी/हीरा बरुवाल

पोखरा, ताण्डव न्यूज

मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर र बैंक अफ काठमाडौंबिच सहमती-पत्रमा हस्ताक्षर (एमओयू) भएको छ ।

Batas

मेडिप्लस हस्पिटल र बैंक अफ काठमाडौंले आ–आफ्नो क्षेत्रमा हुने विभिन्न सेवाको सुविधा दरको बारेमा एक कार्यक्रमको आयोजना गर्दै बिहिबार (एमओयू) सहमति गरेको हो । मेडिप्लसको तर्फबाट सञ्चालक समितिका अध्यक्ष रमेश कुमार थापा र बैंकको तर्फबाट गण्डकी प्रदेश प्रमुख ईश्वरीप्रसाद जोशीले सहमति पत्रमा हस्ताक्षर गरे । सहमति पत्र हस्तान्तरणपश्चात् बोल्दै बैक अफ काठमाडौंका प्रदेश प्रमुख जोशीले दुवै पक्षलाई फाइदा पुग्ने धारणा राखे । ‘दुवैपक्षलाई बेनिफिट होस् भन्ने मेन थिमले चाहिँ हामीले सहमती गरेका छौ, उनले भने ‘भित्र धेरै कुरा छन् । व्यक्तिगत स्टाफका कुराहरु लोनका कुराहरु लगायतका कुराहरुमा कन्सेक्सनल रेटमा गर्नेछौ ।’

जोशीले उक्त सहमतीले दुवै पक्षलाई सफलता नजिक पुर्याउने विश्वास समेत व्यक्त गरेका थिए । यसैगरी बैंक अफ काठमाडौंले स्थापनाकालदेखि नै वित्तिय क्षेत्रबाट सहयोगी संस्थाको रुपमा काम गर्दै आएको हस्पिटल सञ्चालक समितिका अध्यक्ष थापाले बताए । उनले सो एमओयूले दुवै पक्षलाई सकरात्मक फाइदा पुग्ने धारणा राखे । अध्यक्ष थापाले २ संस्थाबिचको सम्बन्ध अझ प्रगाढ हुने बताउँदै थापाले व्यापारिक प्रतिष्ठासमेत बढ्ने बताएका थिए ।

दुई संस्थाबिच भएको सहमति अनुसार विभिन्न सेवा सुविधामा अन्य सेवाग्राहीको तुलनामा संस्थामा आवद्ध व्यक्तिहरुलाई सहुलियत दरमा सुविधा प्रदान गरिनेछ । भने बैंक अफ काठमाडौंले गण्डकी प्रदेशभर रहेका एटिएमहरुमा मेडिप्लस हस्पिटल सम्बन्धी जानकारीहरु राख्नेछ । सहमतिपत्र हस्ताक्षर कार्यक्रमकै अवसरमा पिओएस मेशिन तथा डिजिटल भुक्तानीका लागि क्यूआर कोडसमेत हस्तान्तरण गरिएको थियो ।

दुई संस्थाबिच भएको सहमति पत्रमा अस्पतालको तर्फबाट गौतम पौडेल र बैंकको तर्फबाट पोखरा शाखा प्रमुख रन्जितशोर लाल मल्ल साक्षी रहेका छन् । अस्पताल सञ्चालक समितिका सदस्य रामजीप्रसाद बास्तोला, मेडिकल डाईरेक्टर डा. निरज रन्जित, डा. सरोज पोख्रेल तथा अस्पतालका विभिन्न विभागीय प्रमुखसहित बैंकका कर्मचारीहरुको उपस्थिति रहेको सो कार्यक्रमको सञ्चालन अस्पतालका व्यवस्थापक गोतम पौडेलले गरेका थिए ।

 

– प्रशिक्षार्थी पत्रकार

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.