www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा नेकपाका बागी उम्मेदवार भन्छन्, ‘संगठन हामीले जोगाएर राख्ने, केन्द्रकाले जे भन्छन त्यै मान्नुपर्ने ?’

पोखरा ।

आसन्न उपनिर्वाचनको लागि हिजो (बिहीबार) उम्मेदवारले मनोनयन गरेका छन् ।

कोही पार्टीको उम्मेदवार बनेका छन् त कोही स्वतन्त्र उम्मेदवार बनेका छन् । तर, बागलुङमा भने नेकपाका नेता शेरमान घर्ती मगरले बागी उम्मेदवार दर्ता गरेका छन् । बाग्लुङ २ ख मा तत्कालीन प्रदेश सभा सदस्य टेकबहादुर घर्तीको निधन पछि उपनिर्वाचन हुँदैछ ।

संघीयताको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले सत्तारुढ दल नेकपासँग तालमेल गरी खिमविक्रम शाहीलाई उम्मेदवार बनाएको छ । तर, नेकपाका घर्तीले उक्त निर्णय नमान्ने भन्दै बागी उम्मेदवारी दर्ता गरेका छन् । उनले टेलिफोन कुराकानीमा भने, ‘पार्टीले जिल्लाका तहका नेतालाई पहिले पनि चिनेन । अहिले पनि चिनेन । हामीले जिल्लामा संगठन बनाएर जोगाएर राख्ने, उनीहरुले जे भन्छन त्यै मान्नुपर्ने रु’

केन्द्रका नेतालाई तालमेल विनै चुनाव जितिन्छ भनेर भन्दा केन्द्रले नसुनेको घर्तीको गुनासो छ । संघीयता आवश्यक छैन भन्ने पार्टीसँग तालमेलको निर्णय गर्न केन्द्रका नेतालाई लाज लाग्नुपर्ने उनको आरोप छ । शेरमान २०७४ सालको चुनावमा तत्कालीन माओवादीबाट उमेद्वार बनेर ढोरपाटन नगरपालिकाको मेयरका पराजित उम्मेदवार पनि हुन ।

‘केन्द्रका नेताहरुले के गरे गरे । संघीयता हामीलाई चाहिँदैन भन्दै आएकालाई सघाउने भनेका छन्,’ उनले भने, ‘यसरी त नेकपा भनेर वर्षौँदेखि लागेका, संगठन निर्माण गरेर बसेका जिल्लाका नेतालाई अवहेलना गरेपछि उम्मेदवारी दर्ता नगरेर के गर्ने रु’ तीन हजार भोट नआउनेसँग तालमेल गरेर नेकपाले आफ्नो इज्जत फालेको उनको आरोप छ ।

स्रोतका अनुसार घर्तीलाई उम्मेदवार बनाउन नेकपाका जिल्ला तहका नेताहरुले नै सहयोग गरेका छन् । शेरमान तत्कालीन माओवादीका जिल्ला कमिटी सदस्य थिए । तत्कालीन माओवादी एमालेसँग पार्टी एकिकरण गरेपछि उनी रुष्ट थिए । ‘२० वर्ष भन्दा धेरै भइसक्यो यहाँ राजनीति गरेको ।

अहिले साथीहरुले पनि त उम्मेदवार उठ चुनाव जितिन्छ भनेका छन् । म पनि पार्टीका लागि गाउँ गाउँ दुख गरेकै मान्छे हुँ ।’ उनले नेकपाले सधैँ अर्को पार्टीलाई सहयोग गरेर आफ्नो संगठन ध्वस्त भएको उनको भनाई छ ।

बागी उम्मेदवारबारे बिहीबार पोखरामा अध्यक्ष प्रचण्डले उम्मेदवारी फिर्ता गर्नेमा ढुक्क रहेको बताए । ‘उहाँ हाम्रो पार्टीको हो भने उम्मेदवारी फिर्ता गर्नुहुन्छ,’ प्रचण्डले भने ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.