www.tandavnews.com
Fact ~ In search of truth

फ्रान्स आर्मी कन्सल्टेसनको ठगि धन्दा (प्रमाणसहित)

पोखरा
ताण्डव न्यूज ।

वैदेशिक रोजगारको शिलशिलामा फ्रान्स आर्मीमा लैजाने भन्दै अमर सिहं चोकमा रहेको फ्रान्स आर्मी कन्सल्टेसन सर्भिसेसले रकम ठगेको भनी उजुरी परेको छ ।

कन्सल्टेसनले २०७४ साल असोज १ गते दीपक अर्यालसँग फ्रान्स लैजाने भनी एक लाख रुपैयाँ लिएको तर अझैंसम्म नपठाएको भनी अर्यालले उजुरी दिएका हुन् । अर्यालसँगै अन्य युवाहरुको पनि रकम ठगेको प्रमाण ताण्डव न्यूजले प्राप्त गरेको छ ।

Batas
पीडितले कन्सल्टेसनलाई बुझाएको रकमको नगदी रसिद ।

 

स्याङ्जा पुतलीबजार–११ घर भएका अर्यालले आफू ठगिएको भनी ताण्डव न्यूजसँग टेलिफोन सम्पर्कमा गुनासो पोखे ।

‘८–९ महिना हुन थाल्यो न मान्छे पठाउँछ न त पैसानै फिर्ता दिन्छ,’ उनले भने, ‘म जस्तै धेरैनै ठगेको छ ।’ पटक–पटक रकम माग्दा समेत नदिएको अर्यालले गुनासो गरे । ‘आफ्नो पैसा माग्दा पनि उल्टो थर्काउँछन्,’ उनले भने, ‘दिन्छु दिन्छु भन्दा भन्दै एक वर्ष पुग्न लाग्यो ।’

पीडित अर्यालले सामी परियोजना कास्कीमा दिएको उजुरी ।

अर्यालले भने जस्तै फ्रान्स आर्मी कन्सल्टेसन सर्भिसेसले अरुलाई पनि ठगेको पाइएको छ । स्याङ्जा घर भएका सन्जिव गुरुङ र कास्कीका रवी खाँण ठकुरीको पनि रकम ठगेको भनी वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन (सामी) परियोजना सूचना तथा परामर्श केन्द्र कास्कीमा उजुरी परेको हो ।

कन्सल्टेसनले ६ महिना अघि गुरुङसँगबाट १ लाख ३५ हजार र ठकुरीसँग १ लाख ३० हजार रुपैयाँ लिएर अझसम्म वेवास्ता गरेको पाइएको छ । कन्सल्टेसनले नदिने व्यवहार देखाएपछि रकम फिर्ता गरि पाउँ भने उनीहरु सामी कार्यालय गुहार्न पुगेका हुन् ।

पीडित द्वयले सामी परियोजना कास्कीमा दिएको उजुरी ।

रकम फिर्ता गर्न प्रक्रियामा जानु पर्ने कन्सल्टेसनका मेनेजर नवराज घिमिरेले बताए ।

‘रकम फिर्ता गर्न ३ महिना लाग्छ,’ उनले भने, ‘त्यो पनि पुरै पैसा फिर्ता पाउँदैनन्, फ्रान्स भाषा सिकाएको ४० हजार कटाउँछौ ।’ तर उनीहरुको अवधी ९ महिना कटिसक्यो नी किन फिर्ता नगर्नु भएको ? भन्ने प्रश्नमा घिमिरेले आफ्नो गल्ती लुकाए । ‘हामीलाई पनि निवेदन दिनु पर्छ,’ उनले भने, ‘भन्ने बित्तिकै पैसा आउँछ ?’

उनीसँग पीडितले रकम प्राप्त गर्ने प्रक्रिया बारे बुझ्न खोज्दा आफूलाई थाहा नभएको बताए ।

‘मैले रकम लिए पनि सबै प्रक्रिया मलाई थाहा छैन्,’ उनले भने, ‘यो अफिसको मुख्य व्यवस्थापक रामप्रसाद लामिछाने इन्डिया जानुभएको छ । आएपछि खबर गर्छौ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.