www.tandavnews.com
Fact ~ In search of truth

डिफरेन्ट लुक्स: आफ्नै लागि चुनौती

सुशन घिमिरे 
ताण्डव न्यूज । 

नायक प्रदिप खड्काले फिल्म रोजमा आफूले फरक भुमिका गरेको बताएका छन् । पोखरामा पत्रकारसँग बोल्दै उनले केही फरक गरौं भन्ने सोच आएकाले फिल्म खेलेको तर्क गरे । प्रेमगीतबाट हिट भएका प्रदिपको डेब्यु फिल्म स्केप हो भन्ने बारे धेरैलाई थाहा नहोला । प्रेमगीत, प्रेमगीत–२ र लिलिबिलिमा लभरव्याइको क्यारेक्टरमा सफल मानिएका प्रदिप थ्रिलर फिल्ममा देखिदैछन् । प्रदिपका लागी यो चुनौतिपूर्ण कुरा हो ।

फरक भुमिकामा प्रस्तुत भइरहँदा नायकहरुले अनपेक्षित नतिजा व्यहोरेको प्रशस्त उदाहरण छन् । जसमध्ये महानायक राजेश हमाल एक हुन् । लामो समय नेपाली फिल्ममा एक्सन र रोमान्स गरिरहेका हमाल एकाएक कमेडी क्यारेक्टरमा देखिए ‘किन किन’ फिल्ममा । समकालिन नायिका करिश्मा मानन्धरसँग स्किृन सेयर गरेका हमालको करियरकै बिर्सनलायक फिल्म मध्ये एक थियो । जसबाट उनले आलोचना समेत खेपे । ‘किन किन’ पश्चात हमालको फरक क्यारेक्टर रहेको फिल्म हो , ‘सकुन्तला’ । यो फिल्ममा हमाल महिलाको रुपमा देखिएका थिए । जुन फल्प भयो ।

Batas

लभस्टोरी फिल्ममा सफल बनेका नायक आर्यन सिग्देल एकाएक एक्सन लुक्समा देखिए । पोखराबाट निर्माण गरिएको नेत्र गुरुङ निर्देशित फिल्म ‘नाइके’मा । चकलेटी नायकको छवि बनाएका आर्यनको उक्त फिल्म फल्प बन्यो । अहिले आर्यन फेरि लभस्टोरी मै फर्केका छन् । उनले आफ्नै कथामा ‘कायरा’ बनाए । जसले अपेक्षाकृत व्यापार गर्न सकेन । कायरामा साम्राज्ञी शाहसंग स्क्रिन शेयर गरेका थिए ।

फरक भुमिकामा देखिएर फल्प बनेका अर्का नायक हुन् , अनुपविक्रम शाही । हसिंयाबाट भिलेनको रुपमा फिल्म क्षेत्रमा उदाएका अनुपकले सोचे अनुरुपको गति लिन सकेका छैनन् । अनुप भिलेनको भुमिका फिट देखिन्छन् । अनुपले अभिनय गरेको फरक कथा अनि क्यारेक्टर रहेको फिल्म ‘कमलेको बिहे’ जुन फल्प बन्यो । अन्य नायकको तुलनामा अनुपको करिअरलाई त्यति असर नगरेतापनि फरक भुमिकामा उनि असफल भएको भने पक्कै हो ।

यता प्रदिप भने आफू क्यारेक्टरमा विश्वास राख्ने तर्क गर्छन् । ‘एउटै प्यार्टनमा देखिंदा आफूलाई अनि दर्शकलाई पनि फरकको अपेक्षा स्वाभाविक हुन्छ , त्यही अपेक्षालाई पूरा गर्नका लागि रोजमा अभिनय गरेको छु’, उनले भने ।

हिरो बन्नका लागि लुक्स र ज्यान मात्रै भएर नहुने धारणालाई मान्दैनन् उनी । ‘मेरो हाइट अलिक भैदिए , शरिर पनि भैदिए जस्तो त लाग्छ तर यो सब हुदैमा हिरो हुने नत्र नहुने भन्ने होइन’, उनले भने, ‘आफ्नो क्यारेक्टरलाई कसरी प्रस्तुत गर्छ त्यो महत्वपूर्ण हो । पर्दामा देखिदाँ आफ्नो भुमिकालाई न्याय गर्न सके पुग्छ ।’

भर्सटाइल देखाउनका लागि भुमिका फरक बनाउँदा या स्टोरी प्यार्टन चेन्ज गर्दा आफैमाथि चुनौती खडा हुन्छ । नेपाली फिल्म भित्र यो चुनौती पार गरेका कमै उदाहण छन् । चलेका अनुहारहरुले फरक क्यारेक्टर गर्दा फल्प भएको इतिहासलाई प्रदिपले तोड्न सक्छन् या सक्दैनन् त्यो थाहा पाउन भदौं २२ कुर्नुपर्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.