सिन्धुली
ताण्डव न्यूज ।
सरुवा भएको ३ महिना नबित्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख तथा एसपी आभुषण तिम्सिना प्रहरी प्रधान कार्यालय तानिएका छन् । उनको ठाउँमा एसपी गोविन्द थपलियालाई पठाइएको छ ।
प्रहरीले सरुवाको एक वर्षसम्म अन्यत्र सरुवा नगर्ने नीति लिएको थियो । यद्यपी आर्थिक वा अन्य विवादमा परे, जुनसुकै बेलामा पनि प्रधान कार्यालय तान्न सकिने आचारसंहितामा उल्लेख छ ।

हेडक्वार्टर श्रोतका अनुसार एसपी तिम्सिनाबारे पटक पटक गुनासो र विवादमा परेका कारण तानिएको हो ।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.