www.tandavnews.com
Fact ~ In search of truth

पाल्पा : जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर एकजनाको मृत्यु

पाल्पा
ताण्डव न्यूज ।

पाल्पामा जङ्गलमा लागेको आगो निभाउने क्रममा एकजनाको जलेर मृत्यु भएको छ । जिल्लाको माथागढी गाउँपालिका–४, झडेवास्थित खापुक फोक्स्याहानका ६५ वर्षीय मानबहादुर सिंजालीको आगो निभाउने क्रममा मृत्यु भएको हो । घर नजिकैको दाङ्सिंगा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा सिंजालीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पछिल्लो समय पाल्पामा आगलागीका घटना बढिरहेको छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.