www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाविरुद्ध सचेतना अभियान शुरु

काठमाडौं ।

ट्राफिक प्रहरीले विश्वमा फैलिँदै गएको दोस्रो चरणको कोभिड–१९ संक्रमणलाई ध्यानमा राखेर सचेतना अभियान शुरु गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा आजदेखि कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउनका लागि जनचेतनामूलक अभियान शुरु गरेको हो ।

Batas

‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ्य र सकुशल यात्राको कामना’ भन्ने मूल नाराका साथ शुरु गरिएको कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै महामारीको रूपमा फैलिरहेको कोभिड–१९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन जनचेतनामूलक अभियान सञ्चालन गरिएको जानकारी दिए । ‘यातायात क्षेत्र कोभिड–१९ बाट उच्च जोखिममा रहेको छ, यस क्षेत्रमा बेलैमा सावधानी अपनाएर मात्र चलायमान बनाउनुपर्छ,’ उनले भने ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले कोरोनाबाट बच्नका लागि यातायात क्षेत्रका मजदूरले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बताए । महासंघका महासचिव पूण्यप्रसाद (सरोज) सिटौलाले बसभित्र बढी भीडभाड नगरी चालक, सहचालक र यात्रुले अनिवार्य रुपमा माक्स र सेनिटाइजर प्रयोग गरेमात्र सार्वजनिक यातायातमा कोरोना फैलिने क्रममा कमी आउने उल्लेख गरे ।

कार्यक्रममा सार्वजनिक यातायातका साधनमा कोरोना भाइरस सचेतनामूलक स्टिकर टाँस्नुका साथै चालक, सहचालक र यात्रुलाई माक्स वितरण गरिएको थियो । सोही कार्यक्रममा सम्पूर्ण चालक सहचालक तथा यात्रुले अनिवार्य रूपमा मास्क लगाई भौतिक दूरी कायम गरी सवारी साधनको प्रयोग गर्नु हुन महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

महाशाखाले आगामी दिनमा कोरोना भाइरसबाट चालक, सहचालक र यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गर्दै बढी भीडभाड हुने स्थानमा नागरिक सचेतना जगाउने जनाएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.