www.tandavnews.com
Fact ~ In search of truth

माओवादीको हैसियत हरायो : मन्त्री रायमाझी

अर्घाखाँची,
तण्डव न्यूज ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं माओवादी केन्द्रबाट नेकपा एमालेका प्रवेश गरेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादीको हैसियत हराएको बताएका छन् ।

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलन मन्त्री रायमाझीले २०६४ मा भएको चुनावमा पहिलो पार्टी भए पनि त्यसपछि अध्यक्ष पुष्पकमल दाहालले उचित नेतृत्व गर्न नसक्दा नेकपामा माओवादी गुमनाम हुने अवस्थामा पुगेको बताए । गुमनाम हुने अवस्थामा रहेको पार्टीको नाम फेर्न लाएर दाहालले मोहनविक्रमै लाईन समातेको आरोप उनले लगाए ।

Batas

मन्त्री रायामाझीले नेकपा एमालेसँग माओवादीको एकीकरण गराएर दाहालले पार्टी जोगाएको बताए । सरकारलाई दिएको समर्थनतर्फ संकेत गर्दै उनले आफू सुरक्षित हुनको लागि दाहालले अझै प्रधानमन्त्रीको साथ नछोडेको टिप्पणी गरे ।

मन्त्री रायमाझीले माओवादी केन्द्रका अध्यक्ष दाहालले दोहोरो चरित्र देखाएको आरोप लगाउँदै नयाँ सरकार बनाउन अन्य दलसँग सहमति र सहकार्य नभएको जिकिर गरे । अहिलेको सरकार तत्काल नढल्ने बताउँदै उनले अब देश निर्वाचनतर्फ गएको बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.