www.tandavnews.com
Fact ~ In search of truth

एसआरए स्क्वास कप : ताण्डवकर्मी गाहामगर समुह ‘बि’ च्याम्पियन

पोखरा।

स्क्वास र्याकेट्स एशोसियसन कास्कीले पोखरामा सम्पन्न गरेको प्रथम एसआरए स्क्वास प्रतियोगिताको समुह ‘बि’ तर्फ ताण्डवकर्मी अर्जुन गाहा मगर च्याम्पियन बनेका छन् ।

पोखरा रङ्गशाला स्थित स्क्वास कोर्टमा आज (शुक्रबार) सम्पन्न फाईनल खेलमा धर्मराज सुवेदीलाई ३–२ सेटले पराजित गर्दै गाहा मगर च्याम्पियन बनेका हुन् ।

Batas

प्रतिस्पर्धात्मक बनेको फाईनल खेलको पहिलो सेट धर्मराजले ११–५ को नतिजा सहित जिते । दोस्रो सेट पनि सुवेदीले नै १४–१२ मा जिते । अर्काे सेटबाट गाहा मगरले खेल सुधार्दै लगातार तीन सेट जित्दै उपाधि रक्षा गरे । उनले तेस्रो सेट ११–५, चौथो सेट ११–२ र अन्तिम सेट ११–५ को नतिजा सहित जित निकाले । गाहामगरले उपाधि सहित स्वर्ण पदक प्राप्त गरे ।

समुह ‘बि’ को उपविजेता बनेका धर्मराजले रजत पदक हात पारे भने तेस्रो बनेका विष्णुहरी र शंकर भण्डारी द्वयले काश्य पदक प्राप्त गरे ।

यसैगरी समुह ‘ए’ तर्फ प्रविन पालिखेलाई ३–१ को सोझो सेटमा पराजित गर्दै हिराकाजी विजेता बने । त्यस्तै महिला तर्फ सलिनीलाई २–० को सोझो सेटले पराजित गर्दै करिस्मा ओली च्याम्पियन बनिन् । आयोजकका अनुसार समुह ‘ए’, ‘बि’ र महिला तर्फ गरी सो प्रतियोगितामा कुल ४० खेलाडीको सहभागिता रहेको थियो । विजेता तथा उपविजेताहरुलाई पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले स्क्वास खेलमा युवा खेलाडीहरुलाई समाहित गर्दै लैजान सुझाव दिए ।

उनले विजेता तथा उपविजेता खेलाडीहरुलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि विभिन्न खालका प्रतियोगिताहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले पोखरामा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्नको लागि स्क्वास र्याकेट्स एशोसियसन कास्कीलाई सुझाव दिदै प्रदेश सरकारको तर्फबाट पनि सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सो समापन समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठ, अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवर लगायतले शुभकामना व्यक्त गरेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.