www.tandavnews.com
Fact ~ In search of truth

गर्ल्याङको झुप्रङ कोट प्रा.विलाई लायन्स क्लब अफ एभरेष्ट र बाराही टाउनको सहयोग

पोखरा,
ताण्डव न्यूज ।

लायन्स क्लब अफ पोखरा एभरेष्ट टाउन र लायन्स क्लब अफ बाराही टाउनले संयुक्त आयोजनामा सहयोग हस्तान्तरण गरेको छ ।

दुवै क्लबले कास्कीको गर्ल्याङमा रहेको श्री झुप्रङ कोट प्राथमिक विद्यालयलाई संयुक्त रुपमा ६५ हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरेको बाराही टाउनकी डिष्ट्रिक चियर पर्सन रोजी श्रेष्ठले बताईन ।

Batas

शैक्षिक सामाग्री एक कार्यक्रमका बीच विद्यालय प्राङग्रणमा प्राध्यापक विष्णु प्रसाद अधिकारीलाई हस्तान्तरण गरेको हो । एभरेष्ट र बाराही टाउनले स्र्पोट्स ड्रेस, भलिबल, नेट लगायतका खेलकुद सामाग्री र खाद्यान्न सामाग्री सहयोग गरेको हो ।

एभरेष्ट टाउनका अध्यक्ष अर्जुन थापाको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा गल्र्याङ होमस्टेका अध्यक्ष केशर कुमार गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

एभरेष्ट टाउनका कोषाध्यक्ष पद गुरुङको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो ।आफहरुले विगतमा पनि सामाजिक कार्यमा सक्दो सहयोग गर्दै आएको बताउँदै बाराही टाउनकी चियरपर्सन श्रेष्ठले आगामी दिनहरुमा पनि सामाजिक कार्यमा संक्रिय रहने प्रतिवद्धता जनाइन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.