पोखरा ।
सेटलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सूचीमा नेपाल पनि सूचिकृत भएकोको छ ।
नेपाली समय अनुसार बिहीबार बिहान साढे दुई बजे संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यबाट नेपाली स्याटेलाइट (नेपाली स्याट वान) अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो ।१० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो तथा १ किलो ३३० ग्रामको सो सेटलाइट मानिसका हातमा अटाउने आकारको छ ।
नेपालसँगै श्रीलंकाको ‘रावण वान’ र जापानको युगुइसीमा नानो भूउपग्रह पनि अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। आइएसएसका लागि कार्गो लिएर जाने एन्टारेस रकेटमा नानो स्याटलाइट ‘नेपाली स्याट वान’ प्रक्षेपण गरिएको थियो ।

तस्बिर गुगलबाट
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.