www.tandavnews.com
Fact ~ In search of truth

राजनीतिक बर्को ओडेर अनियमितता गर्नेलाई कारबाही :महामन्त्री कोइराला

स्याङजा ।

नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले काँग्रेस आफैँ सच्चिन पर्ने बताएका छन् । प्रेस युनियनद्वारा आज वालिङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीभित्र गुटउपगुट रहेकाले सच्चिनुपर्ने बताएका हुन् ।
उनले भने, “काँग्रेसको भित्र तिक्तत्ता छ, काँग्रेस एक ठाउँमा उभिँदा कसैले हराउन सक्दैन ।” काँग्रेस धार्मिक स्वतन्त्रताका पक्षमा दृढ रहेको उल्लेख गर्दै उनले सबैलाई धार्मिक स्वतन्त्रताका पक्षमा रहन आग्रह गरे । उनले काँग्रेसभित्रको गुट उपगुट महाधिवेशनसम्म जाने र त्यसपछि अन्त्य हुने पनि बताए ।

पार्टीका केन्द्रीय सदस्य एवं अनुशासन समितिका सदस्य धनराज गुरुङले अनुशासन समितिले गुटउपगुट र पदलाई नचिन्ने उल्लेख गर्दै गल्ती गर्नेलाई प्रमाणका आधारमा कारवाही गरेरै छाड्ने बताए । गण्डकी मेडिकल कलेजले विद्यार्थी माथि ठगी गरेको विषयमा पत्रकारको जिज्ञासामा गुरुङले राजनीतिक बर्को ओडेर कसैले पनि अनियमितता गर्न नहुने बताउँदै गल्ती गर्नेलाई कारवाही हुनुपर्नेमा जोड दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.