www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशका जिल्लामा आजबाट राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु

पोखरा।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको गण्डकी प्रदेशमा औपचारिकरुपमा सुरु भएको छ । आगामी कार्तिक ३ गतेसम्म चल्ने प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन हिजो शुक्रबार गरिसकेका छन् ।

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ, मुस्ताङ र लमजुङ बाहेक सबै जिल्लाहरूमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीताका खेलहरू आज शनिवारबाट शुरु भएका छन् ।

गण्डकीमा भने ३९ वर्षपछि प्रतियोगिता भएको हो । यस अघि गण्डकीमा २०४० सालमा राष्ट्रिय खेलकुद आयोजना भएको थियो । पोखरा रङ्गशाला लगायत गण्डकी प्रदेशका जिल्लाहरूमा नवौं राष्ट्रिय खेलकुदको माहोलमा गण्डकी प्रदेश नै खेलकुदमय भएर रन्किएको छ ।

Batas

नवौँमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।यस पटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मी सहित सात प्रदेशका सात टिम र एनआरएनए गरि ११ टिमका खेलाडीले सहभागिता जनाएका छन् ।

यस पटक ३६ खेलका ४ सय ४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार भए पनि महिला क्रिकेट लगायतका खेलहरुभने २३ गतेबाट सुरु भएका थिए ।
रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.