www.tandavnews.com
Fact ~ In search of truth

मलेसियाविरुद्ध नेपालको सानदार जित

नेपालले मलेसियालाई पराजित गरेकाे छ ।  त्रिकोणात्मक टी-ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई सोमवार नौ विकेटले पराजित गरेको हो।

ओपनर कुशल भुर्तेल र आशिफ शेखले राम्रो ब्याटिङ प्रदर्शन गर्दै अर्धशतकीय इनिङ खेलपछि नेपालले मलेशियाले दिएको ११० रनको लक्ष्य १२.१ ओभरमै पूरा गरेको हो। शनिवार आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई नेपालले नौ विकेटले नै पराजित गरेको थियो।

आक्रामक खेलेका ओपनर कुशल  भुर्तेलले २६ बलमा अर्धशतक पूरा गरे । उनी तीन चौका र पाँच छक्का प्रहार गर्दै ६१ रनमा नटआउट रहे। ओपनर आशिफ शेखले भने २९ बलमा ४२ रन बनाए। उनले चार चौका र एक छक्का प्रहार गरेका थिए।

Batas

राष्ट्रिय टोलीबाट दोस्रो खेल खेलिरहेका भुर्तेलको यो लगातार दोस्रो अर्धशतक हो।

दुई खेलमा दुवै जितेको नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ। नेपालले मङ्गलवार नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ भने बिहीवार मलेसियाविरुद्ध खेल्नेछ। बिहीवारसम्मको खेलपछि शीर्ष दुई टोली फाइनलमा खेल्नेछन्।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.