www.tandavnews.com
Fact ~ In search of truth

एन्फा कास्कीको उधारो पुरस्कार

पोखरा
ताण्डव न्यूज ।

कास्की जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न छैटौँ मनकामना केवलकार पोखरा कप फुटबलका विजेताले अझै पुरस्कार पाएका छैनन् ।

प्रतियोगिता माघ २७ गते पोखरा रंगशालामा सम्पन्न भएको दुई साता कट्दा पनि रकम नपाएपछि विजय टिमले निराशा व्यक्त गरेका छन् ।
उपाधी विजेता डफिन्स टिमले चेक पाएपनि रकम अझै हात नपरेको स्रोतले बताए ।

Batas

उपविजेता एपिएफले पनि रकम नपाएको एपिएफका अमित मल्लले ताण्डव न्यूजसँग बताए । ‘जुन समयकोलागि चेक काटिएको थियो,त्यो अनुसार रकम पाइएको छैन,’ उनले फोन मार्फत भने, ‘केही समयलाई ढिलो हुनु स्वभाविकै हो अन्य केही प्रतियोगितामा पनि ढिलो हुन्थ्यो, तर यो त अति ढिलो भयो । हामीले आयोजकसँग यो विषयमा कुरा गरिरहेका छौँ ।’

यता, डफिन्सका व्यवस्थापक सगुन तन्डुकारले आयोजकको बचाउ गरे । ‘आयोजकसँग कुरा मिलाएका छौँ,’ उनले भने, ‘मिडियाको सरोकारको विषय रहेन ।’

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले यहि १९ गते भित्र विजेता, उपविजेतालाई पुरस्कार वापतको रकम प्राप्त हुने बताए । ‘स्पोन्सरहरु हुनुहुन्छ जसबाट रकम उठ्दै छ,’ उनले भने, ‘जसरी पनि १९ गतेभित्र सबै कुरा मिल्छ । चेक सटहि हुन्छ ।’

विजेता र उपविजेता रकमकालागि होल्ड हुनुपरेको सम्भवतः यो नै पहिलो पटक रहेको एन्फा निकट स्रोतले बतायो । ‘यत्रो दिनसम्म चेक नसाटिनु लज्जास्पद हो । यसले साह्रै नराम्रो नजिर बस्छ,’ स्रोतले भन्यो, ‘खेल जितिसकेपछि पुरस्कार वापत दिइने रकमलाई होल्ड गर्नै हुँदैन । स्पोन्सरबाट उठेन अथवा उठ्दैछ लगायतका कुरा भनेर उम्किन पनि पाइँदैन ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.