www.tandavnews.com
Fact ~ In search of truth

नागरिक सचेत भएमा लकडाउन हुँदैन : कास्की प्रशासन

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रशासन कार्यालय कास्कीले तत्काल निषेधाज्ञा नगर्ने जनाएको छ ।

पहाडी क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित पुगेको अवस्थामा सरकारले निषेधाज्ञा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको सन्दर्भमा तत्काल कास्कीमा निषेधाज्ञा वा लकडाउनबारे नसोचिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले ताण्डव न्यूजलाई जानकारी दिए ।

Batas

“हामीले अहिले तत्काल लकडाउन गरिहाल्ने योजना बनाएका छैनौ” उनले भने “यसअघि प्रशासनले जारी गरेका मापदण्डहरु कडाईका साथ पालनामा नै अहिले हाम्रो जोड हो ।” प्रशासनले स्वनियन्त्रण, र स्वअनुशासनलाई नै पहिलो प्राथमिकतामा राखेको उनको भनाई छ । सूचना अधिकारी समेत रहेका पौडेलले कास्की प्रशासनले कोभिड–१९ को रोगथाम र नियन्त्रणको लागि सचेतना एवम् अनुगमनलाई तिब्र पार्ने बताए । “कोरोना नियन्त्रणका लागि अनुशासनमा रही हामीलाई नागरिकहरुले साथ दिनुहुनेछ, अप्रिय निर्णय गर्नपर्ने छैन भन्नेमा विश्वस्त छौँ” उनले भने ।

प्रशासनले आज कास्की पोखराका अधिकतम भिडभाड हुने ठाउँहरु चिप्लेढुङगा, अमरसिह चोक र पृथ्वीचोकमा माक्स नलगाउने व्यक्तिलाई एक घण्टा नियन्त्रणमा लिई कोरोना भाइरबाट बच्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड लगायतमा जानकारी गराईएको उनले बताए । मानिसको बढी भिडभाड हुने प्रशासनले पोखराका बिभिन्न पाँचवटा पार्टी प्यालेसमा पनि अनुगमन गरेको छ । कोरोना सङ्क्रमणको दर बडिरहेका अवस्थामा प्रत्येक नागरिक आ–आप्mनो ठाउँमा सतर्क बन्दै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह पौडेलले अनुगमनको कामलाई निरन्तर अघि बढाउने उल्लेख गरे ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.