www.tandavnews.com
Fact ~ In search of truth

रारा गोल्ड कपलाई हिमाको साथ

 

पोखरा ।

यही फागुन ९ गतेबाट पोखरा रङ्गशालामा हुने आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो पुरस्कारको प्रायोजन हिमा अस एजुकेशन कन्सल्टेन्सीले गर्ने भएको छ ।

Batas
madi
machhapuchre

हिमा असका कार्यकारी निर्देशक राजमान थकाली र आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको आयोजक संस्था सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले सो सम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर गरे । आहा रारा गोल्डकपको दोस्रो पुरस्कारको राशि  चार लाख एक हजार रुपैयाँ  रहेको छ । उक्त सम्झौता आगामी तीन वर्षका लागि गरिएको हिमा असका कार्यकारी निर्देशक एवं सहारा अष्ट्रेलियाका अध्यक्ष थकालीले जानकारी दिए ।

कार्यक्रममा सहारा क्लबका अध्यक्ष थापाले आहा रारा गोल्डकपमा सहयोग गरेकोमा कन्सल्टेन्सीप्रति आभार व्यक्त गर्दै प्रतियोगितालाई सफल बनाउन सबैको साथ सहयोग आवश्यक हुने बताए। सहारा क्लबले उक्त प्रतियोगिताको बचत रकमबाट सहारा एकेडेमीमा आश्रित २८ बालकलाई भरण पोषण, शिक्षा र फुटबल प्रशिक्षण दिँदै आएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.