www.tandavnews.com
Fact ~ In search of truth

मन्त्रालयको चेतावनी : ‘पीसीआरको बढी शुल्क लिने प्रयोगशालालाई परीक्षण सुचीबाट हटाइनेछ ’

पोखरा,
ताण्डव न्यूज ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालये विभिन्न बहानामा पीसीआर परीक्षणमा बढी शुल्क लिने प्रयोगशालाहरुलाई परिक्षणको सुचीबाट हटाउने चेतावनी दिएको छ ।

पीसीआर परीक्षणमा सरकारले तोके भन्दा बढी शुल्क नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गर्दै बढी शुल्क लिएको पाइए परीक्षण सुचीबाट हटाउने चेतावनी दिएको हो ।

Batas

कोभिड–१९ संक्रमण पहिचानको लागि गरिने पीसीआर परीक्षणको शुल्क सरकारी प्रयोगशालाहरुमा १ हजार र निजि प्रयोगशालाहरुमा २ हजार तोकिएकोमा बढी शुल्क लिएको गुनासो आएको मन्त्रालयले बताएको छ ।

मन्त्रालय सार्वजनिक सुचना जारी गर्दै भनेको छ ,‘बढी शुल्क लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल मार्फत त्यस्ता प्रयोगशालाहरुलार्य नेपाल सरकार प्रमुख विशेषज्ञ स्तरीय मिति २०७८÷०१÷१३ को निर्णयानुसार परिक्षणको सुचीबाट हटाईने व्यहोरा जानकारी गराईन्छ ।’

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.