www.tandavnews.com
Fact ~ In search of truth

चीनमा पनि कोरोनाको भारतीय भेरिएन्ट देखियो, हाई अलर्ट जारी

एजेन्सी
ताण्डव न्यूज ।

चीनमा पनि कोरोना भाइरसको भारतीय भेरिएन्ट फेला परेको छ । चिनियाँ अधिकारीहरुले कोरोना भाइरसको बी १६१७ भेरिएन्ट पुष्टि भएको दावी गरेका छन् ।

कोरोनाको भारतीय भेरिएन्ट फेला परेपछि चीनमा हाई एलर्ट जारी गरिएको छ । कोरोना भाइरसको यो भेरिएन्ट सबैभन्दा पहिले भारतमा भेटिएकोले यसलाई भारतीय भेरिएन्ट पनि भन्ने गरिन्छ । भारतमा भेटिएको यो भेरिएन्टको विषयमा हालसम्म वैज्ञानिकले कुनै ठोस तथ्य फेला पारेको छैन ।

Batas

चिनियाँ सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) का प्रमुख वू जुनयूले चीनमा नयाँ भेरिएन्ट फेला परेको पुष्टि गरेका हुन् । उनले कोरोनाको यो भेरिएन्ट हालसम्म चीनका कति जनामा कोरोनाको भेरिएन्ट पुष्टि भएको छ भन्ने विषयमा भने खुलाएनन् । उनले चीनका केही शहरमा भारतको म्यूटेट स्ट्रेन भेटिनु चिन्ताको विषय रहेको र विभिन्न शहरमा यो भेरिएन्ट फेला परेको बताए ।

कोरोनाको न्यू भेरिएन्टले फेरी एक पटक महामारीको चेतावनी दिएको भन्दै उनले सबै तयारीका लागि जुट्न आग्रह गरेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.