www.tandavnews.com
Fact ~ In search of truth

२५ प्रतिशत भन्दा कम कर्मचारी राखेर बैंकिङ्ग सेवा दिन राष्ट्र बैङ्कको निर्देशन

काठमाण्डौँ
ताण्डव न्यूज ।

कोरोना सङ्क्रमण दर दिनदिनै बढ्दै गएपछि नेपाल राष्ट्र बैङ्कले २५ प्रतिशत भन्दा कम कर्मचारी राखेर बैंकिङ्ग सेवा दिन निर्देशन दिएको छ ।

आज एक सूचना जारी गर्दै केन्द्रिय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई सात बुँदे निर्देशन दिएको छ । निर्देशनमा कार्यालयमा उपस्थित नभइ कार्य सम्पादन गर्न नसकिने कामका लागि मात्र कर्मचारी बोलाएर काम गर्न भनिएको छ । निषेधाज्ञा जारी भएको स्थानमा केन्द्रिय कार्यालयको हकमा २० प्रतिशतभन्दा कम कर्मचारी र शाखा कार्यालयको हकमा २५ प्रतिशत भन्दा कम कर्मचारी राखेर काम सुचारु गर्न राष्ट्र बैङ्कले भनेको छ ।

Batas

प्रविधिको उच्चतम प्रयोग गर्दै घरबाटै काम गर्ने बिषयलाइ जोड दिन पनि बैङ्क तथा वित्तीय संस्थालाई भनेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.