www.tandavnews.com
Fact ~ In search of truth

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण :पहिलो चरणको काम सम्पन्न

दोलखा ।

दैलेखमा गत कात्तिकदेखि शुरु गरीएको पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गतको पहिलो चरणको सर्वेक्षणको काम सम्पन्न भएको छ । साइस्मिक सर्वेक्षणअन्तर्गतको काम सकिएसँगै पहिलो चरणको काम सम्पन्न भएको हो ।

जिल्लाको नाभिस्थान, शिरिस्थान, पादुकालगायतका क्षेत्रलाई आधारमानी ४०० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर २०० किलोमिटर साइस्मिक सर्वेक्षण गरिएको थियो । पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत पहिलो चरणमा म्याक्टोटेल्युरिक जिओलोजिकल सर्वेक्षण तथा जियोक्यामिकल स्याम्पलिङ सर्वेक्षण पहिलो चरणको काम सम्पन्न भएको खानी तथा भूर्गभ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले बताए।

उनका अनुसार साइस्मिक सर्वेषक्षणअन्तर्गत १० वटा लाइनमध्ये तीन वटा पूर्व पश्चिम र सात वटा उत्तर दक्षिण दिशामा पेट्रोलियम भण्डारणको सम्भावना हुनसक्ने ठाउँ हेरी चार किलोमिटर जमिनमुनिको गहिराइमा खनेर सर्वेक्षणको काम सम्पन्न भएसँगै पहिलो चरणको काम सम्पन्न भएको बताए ।

चाइनाको प्राविधिक टोलीले दैलेखको भैरवी गाउँपालिकाका केही भूभाग दुल्लु नगरपालिकाका केही क्षेत्र डुङ्गेश्र गाउँपालिका केही भूभाग चामुण्डा बिन्द्रासैनी नगरपालिकाको केही क्षेत्र महाबु गाउँपालिकाका केही क्षेत्र र नारायण नगरपालिकाका क्षेत्रलाई आधारमानी पेट्रोलियम पदार्थ अन्वेषणको काम गरेको थियो ।

Lama collectio News Middle

खानी तथा भूर्गभ विभागका अन्वेषण अधिकृत डा त्रिपाठीले चाइनाको प्राविधिक टोलीले अहिलेसम्म गरेको चारवटा सर्वेक्षणबाट संकलन गरिएका डाटाको चीनमा गएर अध्ययन गर्ने र अध्ययनपछि दैलेखको कुन भूभागमा बढी मात्रामा पेट्रोलियम पदार्थ छ भन्ने निष्कर्ष निकालेपछि चाईनाकै अर्को विशेषज्ञ टोली आएर चार किलोमिटर गइराइसम्म मुख्य डिलिङको काम गर्ने डा त्रिपाठीले बताए ।

नेपालको संविधान २०७२ जारी भएपछि मधेशवाददलको समर्थनमा भारतले नेपालमा नाकाबन्दी लगाउँदाताका प्रधानमन्त्री रहेका केपी शर्मा ओली चीन गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण उत्खनन गर्ने सहमति भएको थियो ।

उक्त सहमतिअनुसार नेपाल सरकार खानी तथा भूर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ सरकारको जिओलोजिकल सर्वेक्षण कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्नका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो ।

गत कात्तिकमा तत्कालीन उद्योगमन्त्री मात्रिका यादवले दैलेखको नाभिस्थानबाट पेट्रोलियम पदार्थ अन्वेषणको कार्यको उद्घाटन गरेका थिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Bajaj skip