www.tandavnews.com
Fact ~ In search of truth

बलात्कारको आरोपमा २८ वर्षीय यूवक पक्राउ

रुपन्देही,
ताण्डव न्यूज ।

२५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा रुपन्देहीमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका–१ बाईपास डेरा गरी बस्ने भारत घर भएका २८ वर्षीय गोबिन्द हरिजनलाई सोमवार राति पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

Batas

गोबिन्दले आफ्नै कोठामा लगेर ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाईएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.