www.tandavnews.com
Fact ~ In search of truth

भारतमा थप ३ लाख ५० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

एजेन्सी ।

भारतमा लगातार १४ औं दिन ३ लाखभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमणका कारण विश्वकै दोस्रो प्रभावित मुलुक भारतमा पछिल्लो समय कोरोनाको दोस्रो लहरले सङ्क्रमण दर बढेको छ । भारतमा लगातार १४ औं दिनदेखि दैनिक सङ्क्रमित थपिने दर ३ लाखभन्दा बढी छ । गत २४ घन्टामा मात्रै भारतमा ३ लाख ८२ हजार ६ सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

Batas

योसँगै भारतमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या २ करोड ६ लाख ५८ हजार २ सय ३४ पुगेको छ । भारत अमेरिकापछि दोस्रो मुलुक हो, जहाँ कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या २ करोड नाघेको छ । यस्तै गत २४ घन्टामा भारतमा थप ३ हजार ७ सय ८६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख २६ हजार १ सय ६९ पुगेको छ ।

हालसम्म भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये १ करोड ६९ लाख ३८ हजार ४ सय जना स्वस्थ भएका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.