www.tandavnews.com
Fact ~ In search of truth

माओवादीले फिर्ता लियो सरकारलाई दिएको समर्थन

यादव, दाहाल र नेपालबीच छलफल

काठमाडौं,
ताण्डव न्यूज ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र आज संसद सचिवालयमा बुझाउँदै माओबादीले अब सरकारलाई समर्थन नगर्ने जनाएको हो ।

पत्र बुझाउनका लागि माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालय पुगेका थिए । गुरुङले बुझाएको पत्र संसद सचिवालयका सचिव गोपालनाथ योगीले लाई समर्थन फिर्ताको पत्र बुझेका छन् ।

Batas

यसअघि मंगलबार बसेको माओबादी स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । माओबादीको यो कदमसंगै अब सरकार स्वतः अल्पमतमा परेको छ । सरकार सञ्चालनका लागि अब ओलीले विश्वासको मत लिनुपर्ने हुन्छ । तर एमालेकै नेताहरु माधव नेपाल, भीम रावल, झलनाथ खनाल लगायतका नेताहरु ओली विरुद्ध मोर्चाबन्दीमा लागेका छन् ।

मंगलवार देउवासहित छलफल गरेका नेताहरु बुधवार विहान जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको घरमा छलफल गरेका छन् । जसपाको एउटा पक्षले उपेन्द्रहरुलाई नै कारवाहीको तयारी गरेपछि एमालेबाट कारवाहीमै परेका माधव नेपाल सहित प्रचण्डले छलफल गरेको श्रोतले जनाएको छ ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष उपेन्द्र यादवको हात्तीवनस्थित निवासमा यादवसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल छलफलका लागि जुटेको बताइएको छ ।

प्रतिनिधिसभामा माओवादी केन्द्रका ५० सांसद छन् । सरकारले भने माओवादीले सर्मथन फिर्ता लिनुअघि नै विश्वासको मत लिने निर्णय गरिसकेको छ । २७ बैखामा विश्वासको मत लिने सरकारको तयारी छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.