www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका दुई सहित गण्डकी प्रदेशमा ३ संक्रमतिको मृत्यु

पोखरा
ताण्डव न्यूज ।

कोरोना भाईरस संक्रमणका कारण गण्डकी प्रदेशमा पछिल्लो चौविस घण्टामा थप ३ जनाको ज्यान गएको छ ।  कास्कीका दुइ र पर्वतका एक गरी ३ को मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखरा महानगरपालिका–१३ की ४८ बर्षीय महिलाको हिजो बेलुका ५ बजेर ४० मिनेटको समयमा निधन भएको हो । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा उपचार भईरहेको थियो । ती महिलामा बैसाख १३ गते गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनीमा कोभिड निमोनियाको समस्या समेत देखिएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका वडा नं १० का ८१ बर्षीय पुरूषको पनि हिजोे बेलुका ७ः२५ बजे मणिपाल शिक्षण अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको हो। उनमा बैसाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Batas

त्यस्तै पर्वतको कुश्मा नगरपालिका–१ का ४० बर्षीय पुरूषको मिति पनि हिजो बेलुका ५ बजेर १८ मिनेटको समयमा बजे मेडिप्लस अस्पताल, पोखरामा उपचारको क्रममा दुखद निधन भएको छ । उनमा बैसाख ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.