www.tandavnews.com
Fact ~ In search of truth

विश्वासको मतमा जसपाले आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने

काठमाडौं
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा जनता सामाजवादी पार्टी (जसपा)ले आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने भएको छ ।

पार्टीका शीर्ष नेताहरुको बैठकले सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेको नेता मनिष सुमनले जानकारी दिए। अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोले तटस्थ बस्ने प्रस्ताव गरे पनि बैठकले ह्वीप नलगाउने र स्वविवेकको आधारमा मत दिन पाउने निर्णय गरेको नेता सुमनको भनाई छ । ओली सरकार इतिहासकै प्रतिगामी भएको भन्दै आफूहरुले भने विपक्षमा मतदान गर्ने यादव र भट्टराई पक्षका नेताहरुले जनाएका छन् ।

Batas

यो निर्णयसँग जसपा सांसद तटस्थ बस्न पनि पाउने, ओलीको पक्षमा मतदान गर्न पनि पाउने र विपक्षमा मतदान गर्न पनि स्वतन्त्र भएका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.