www.tandavnews.com
Fact ~ In search of truth

‘त्यो पर्दैन’ भनेका प्रधानमन्त्रीलाई पुनः शपथ ग्रहणका लागि रिट, भोलि सुनुवाई

काठमाण्डौँ
ताण्डव न्यूज ।

प्रधानमन्त्री नियुक्तिपछि शपथग्रहणका क्रममा राष्ट्रपती विद्यादेवी भण्डारीले पढे बमोजिम नगरी ‘त्यो पर्दैन” भन्ने शब्द प्रयोग गरेका प्रधानमन्त्रीको शपथ बदरको माग गर्दै परेको रिटमा भोली सुनुवाई हुने भएको छ ।

गत वैशाख ३१ गते शपथ लिने ओलीले राष्ट्रपति संस्थाको मानमर्दन गरेको भन्दै उक्त दिन भएको शपथ बदर गरेर अर्को पटक शपथ गराउन माग सहित वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Batas

सो रिटमाथि सुनुवाईका लागि पेसी तोकेर भोली ईजलास बोलाईएको छ । रिटमा प्रधानमन्त्री ओलीले वैशाख ३१ गते लिएको शपथ उत्प्रेषणको आदेशले बदर गरी पुनः दोस्रो पटक शपथ ग्रहण गर्नू र गराउनू भनी प्रधानमन्त्री र राष्ट्रपतिको नाममा परमादेशको आदेश माग गरिएको छ ।

राष्ट्रपतिले शपथ गराउँदा सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्दछु भने पनि प्रधानमन्त्रीले ’त्यो पर्दैन’ भन्दै उच्चारण गरेका थिएनन् । उक्त कार्य राष्ट्रपति भण्डारी र र राष्ट्रपति संस्थाकै अपमान भएको रिटमा उल्लेख गरिएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.