www.tandavnews.com
Fact ~ In search of truth

बारामा दुई बालकको हत्यारा पत्ता लगाउन कुकुरसहितको अनुसन्धान टोली घटनास्थल पुग्यो

बारा
ताण्डव न्यूज ।

बारामा दाजुभाइको घाँटी रेटेर हत्या भएको घटनाको अनुसन्धान गर्नको लागि विशेष तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेको छ । मंगलबार बिहान कलैया उपमहानगरपालिका ७ सरंगपुरस्थित सल्फिया कन्जुल उलुम मदरसामा स्थानीय अब्दुल गफार अंशारीका छोरा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको घाँटी रेटेर विभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

कसले हत्या गरेको हो भनेर हत्यारा पत्ता लगाउनको लागि विशेष तालिम प्राप्त कुकुरसहितको टोली प्रदेश प्रहरी कार्यालय जनकपुरबाट घटनास्थल पुगेको हो । उक्त टोलीले घटनाको अनुसन्धान पनि थालेको छ । सोमबार साँझ ७ बजे खेल्न निस्केका दाजुभाईको खोजविनको क्रममा बिहान शव मदरसामा विभत्स हत्या भएको अवस्थामा भेटिएको थियो ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.