www.tandavnews.com
Fact ~ In search of truth

दीर्घकालीन समाधानको माग गर्दै पिएन क्याम्पस प्रशासनको मुख्य गेटमा विद्यार्थीद्धारा तालावन्दी

पोखरा ।

पिएन क्याम्पस पोखराका विद्यार्थीहरुले समस्याको दीर्घकालीन समाधान गर्नु पर्ने र पठनपाठन पनि नियमित गर्नु पर्ने भन्दै क्याम्पसको प्रशासनको मुख्य गेटमा तालावन्दी गरेका छन् । स्वस्फुर्त रुपमा प्रर्दशनमा उत्रिएका विद्यार्थीहरुको भीडले नियमित पठनपाठन गर्नु पर्ने भन्दै नारावाजी सहित तालावन्दी गरेका हुन् ।

अनेरास्ववियूका क्याम्पस कमिटी अध्यक्ष राजन शर्माले आशिंक प्राध्यापकको मागलाई तत्काल व्यवस्थापन गर्नु पर्ने भन्दै कुनै पनि वहानामा विद्यार्थीको पढाई रोक्न नहुने धारणा राखे । उनले भने–‘प्राध्यापकको समस्या प्रशासनले समाधान गर्ने हो तर विद्यार्थीको पढाई एक सेकेण्ड पनि रोकिनु भनेको निकै दुखद कुरा हो ।’भोली देखि नियमित कक्षा नभए विद्यार्थीको आक्रोशबाट हुने कुनै पनि क्षती क्याम्पस प्रशासन स्वयम्ले वेहोर्नु पर्ने धारणा उनको छ ।

Batas

नेपाल विद्यार्थी संगठन क्याम्पस कमिटीको सभापती दिपक शर्माले विद्यार्थीको पढ्न पाउने अधिकार कुनै पनि हालतमा बन्चित गर्न नहुने धारणा राखे । उनले भने–‘प्रशासनले नियमित पढाईरहेका प्राध्यापकलाई व्यस्थापन गर्नु पर्ने भन्दै नियमित पढनपाठन गर्नु पर्छ ।’

भोली देखि नियमित कक्षा संचालन नभए हुन सक्ने अप्रत्यासित क्षतीको जिम्मा प्रशासनले लिनु पर्ने पनि उनको भनाई थियो । उनले भने–‘भोली देखि के नेविसंघ के अनेरास्ववियु सवैले विद्यार्थीको पढ्ने अधिकारको रक्षाका लागि प्रशासन सँग जोडदार रुपमा आन्दोलन गर्ने तयारी गरेका छौं, आशा गरौं हामी आन्दोलनमा उत्रन नपरोस् ।’

आन्दोलनमा सहयोग गरेको भन्दै आशिंक प्राध्यापक संघले प्राध्यापक संघ, प्रगतीशील प्राध्यापक संगठन, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, प्रजातन्त्रवादी प्राध्यापक संघ, विभिन्न वैचारिक संघ संगठनका प्रतिनिधीहरुलाई धन्यवाद समेत दिएको छ ।

स्नातक र स्नातकोत्तर तहका ७० प्रतिशत कक्षाभारहरु श्रेणी विहिन (ज्यालादारी) रुपमा नियमित पढाईरहेका प्राध्यापकहरुको समान कामको समान ज्याला र मासिक रुपमा तलव पाउनु पर्ने माग राख्दै विगत एक हप्ता देखि आन्दोलनमा रहदाँ क्याम्पसमा पठनपाठन ठप्प भएको छ ।

विगत १४ वर्ष देखि दैनिक ज्यालादारीका रुपमा अध्यापन गराईरहेका २ सय १८ जना आशिक प्राध्यापकहरुले सामुहिक राजिनामा दिने भन्दै आन्दोलनमा उत्रिएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.