www.tandavnews.com
Fact ~ In search of truth

साइबर ब्यूरोको एक्सनः महिलाको चरित्रहत्या हुने भिडियो प्रसारण गर्ने ४ युट्युबरहरु पक्राउ

काठमडौं

युट्युब च्यानलबाट महिलाको चरित्र हत्या हुने खालका भिडिओ बनाउने र भ्यूजका लागि अन्तर्वार्ता तथा फोटोहरू राखेर प्रसारण गर्ने ४ जना युट्युबरलाई बुधबार पक्राउ गरेको छ ।

साइबर ब्यूरोले (दैनिक खबर) नामक युट्युब च्यानलका प्रदीप भण्डारी, (हरेक पलको खबर) च्यानलका सन्चालक शिशिर अधिकारी, (सराइचुली मिडिया) का सन्चालक पिंकला कार्की र (मोडर्न अनलाइन टिभी) नामक युट्युब च्यानलका सञ्चालक रोधन तामाङलाई पक्राउ गरेको हो । ब्युरोकानुसार ती युट्युब च्यानलहरुले पीडित महिलाको तस्बिरसहित चरित्र हत्या हुने तथा प्रतिष्ठामा आँच पुग्ने खालका सामाग्री प्रचारप्रसारण गरेका कारण विद्युती कारोबार ऐनअनुसार पक्राउ गरिएको हो ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.