www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी क्याबिनेट : पश्मिाञ्चल अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस, ३ मन्त्रालय थपिने

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश सरकारले पश्मिाञ्चाल क्षेत्रिय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारीस गरेको छ । आज (बुधबार) मन्त्रिहरुको शपथ लगत्तै बसेको पहिलो मन्त्रिपरिषद बैठकले कोभिड डेडिकेटेड अस्पताल बनाउन सिफारिस गरेको हो ।

प्रदेशमा मुख्यमन्त्रीको राजीनामापछि विस्तार भएको नयाँ मन्त्रीमण्डलको बैठकले सरकारको प्रवक्तामा रामशरण बस्नेतलाई नै राखेको छ । मन्त्री बस्नेतले यसअघि पनि प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।

Batas

यस्तै बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गिरधारि शर्मा र सदस्यमा विष्णुराज बराललाइ जिम्मेवारी दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजनीतिक सल्लाहकार डा. भीष्म अधिकारीलाई नियुक्त गरिएको छ । लमजुङ सुन्दरबजारका अधिकारीको नियुक्ति हुनु अगाडि सल्लाहकार गोविन्दबहादुर नेपाली थिए ।

आज बैठकले प्रदेशको मन्त्रालय फेरबदल गर्ने र संख्या बढाउने निर्णय समेत गरेको छ । प्रदेशमा यसअगाडि ७ मन्त्रालय थियो । अविश्वास प्रस्ताव झेलिरहेका मुख्यमन्त्रीले सत्ता जोगाउन वैशाख १६ गते राजीव गुरुङ (दीपक मनाङे)लाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए । गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालयको मन्त्री मनाङेलाई बनाएकासंगै ८ मन्त्रालय पुगेको थियो ।

प्रदेश सरकारले थप ३ मन्त्रालय थपेर ११ मन्त्रालय बनाउदै छ । सामाजिक विकास मन्त्रालयलाई टुक्र्याएर स्वास्थ्य मन्त्रालय बनाउन लागेको हो । यस्तै, भौतिक पूर्वाधार विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालायलाई पनि टुक्राउने भएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.