www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थप १९ जनाको मृत्यु, १५ सय बढी सङ्क्रमित थपिए

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या पाँच सय ७० पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार मृत्यु भएकाहरूमा मुस्ताङका एक जना, पर्वतका एक जना, गोरखाका एक जना, लमजुङका एक जना, तनहुँका दुई जना, कास्कीका नौ जना, बागलुङका एक जना, स्याङ्जाका दुई जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का एक जना रहेका छन् ।

Batas

निर्देशनालयका अनुसार गण्डकीमा पछिल्लो २४ घण्टामा थप १५ सय ४९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितहरुको सङ्ख्या ३६ हजार आठ सय ७५ पुगेको छ ।

थपिएका सङ्क्रमितहरूमा मुस्ताङका ४४ जना, म्याग्दीका ५१ जना, पर्वतका ९२ जना, गोरखाका दुई सय २३ जना, लमजुङका दुई सय ३९ जना, तनहुँका ६२ जना, कास्कीका चार सय ४० जना, बागलुङका दुई जना, स्याङ्जाका दुई सय ४० जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का एक सय ५६ जना रहेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.