www.tandavnews.com
Fact ~ In search of truth

चार सय महिलाहरुको निशुल्क पाठेघर क्यान्सर जाँच

पोखरा।
वर्षमा दुइपटक वडाभरिका महिलाहरुको पाठेघरको मुखको क्यान्सरबारे निशुल्क चेकजाँच गर्ने नीति अनुसार पोखरा १३ का ४०० महिलाहरुले शिविरबाट लाभ लिएका छन । वडाध्यक्ष किरण बरालले आफ्नो चुनावी नीति अनुसार सम्पूर्ण महिलाहरुको लागि संवेदनशील रोगको बारेमा सचेतना फैलाउन तथा रोगको जाँच सहित उपचारको लागि सहजता प्रदान गर्न यो शिविर राखिएको बताए ।

शनिबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म चलेको शिविरमा चारसय जना आमा, दिदीबहिनीले चेकजाँच गराएको उनले बताए । पाठेघरको मुखको क्यान्सर चेकजाँचको लागि आवश्यक दक्ष कर्मचारी तथा उपकरणको वडाले नै व्यवस्थापन गरेको थियो । स्वस्थ वडा बनाउने लक्ष्यमा यसले सानो भएतापनि सहयोग पु¥याउने वडाध्यक्ष बरालले बताए ।
महिलाको मात्रै नभई यो वडाले अघिल्लो महिनादेखि तालिका नै बनाएर सेवाग्राहीको निशुल्क चेकजाँचको व्यवस्था पनि गरेको छ ।
अध्यक्ष बरालका अनुसार फास्टिङ ब्लड सुगर (एफबीएस) प्रत्येक हप्ताको बुधबार ८ बजे जाँच हुनेछ भने, पीपीबीएस खाना खाएको दुई घण्टापछि १० देखि ५ बजेसम्म जाँच हुनेछ ।

¥यान्डम ब्लड सुगर (आरबीएस) हरेक दिन १० देखि ५ बजेसम्म जाँच हुनेछ । ब्लड सुगरबाहेक वडाले हेमोग्लोबिन, ब्लड ग्रुप, युरिक एसिड, एचसीभी, भीडीआरएल, युरिन लगायत परीक्षण गर्ने गरेको छ । यसबाहेक वडामा आउने सेवाग्राहीलाई निःशुल्क स्यानिटरी प्याडको व्यवस्था समेत गरिएको उनले जानकारी दिए ।

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.